तपाईंको भाषामा जानकारी | Nepali

हामीलाई कसरी सम्पर्क गर्ने?

हाम्रो बहुभाषी टोलीले अरबी, टर्किस, ग्रीक, अरबीको लेबनानी बोली (क्षेत्रीय भाषा), हिन्दी र इटालियन भाषा बोल्छ। तपाईं तलका दिनहरूमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म हामीलाई ९२०५ २२०० मा फोन गरेर यी भाषाहरू मध्ये कुनै एकमा कुरा गर्न सक्नुहुन्छ:

अरबी: सोमबार र बिहीबारका दिनहरूमा

टर्किस: मंगलबार र बुधबारका दिनहरूमा

ग्रीक: बुधबारको दिन

अरबीको लेबनानी बोली (क्षेत्रीय भाषा): मंगलबार र शुक्रबारका दिनहरूमा

हिन्दी: शुक्रबारको दिन

इटालियन: सोमबारको दिन

अरू कुनै भाषा बोल्नुहुन्छ? हामी अझै पनि तपाईंलाई मद्दत गर्न सक्छौँ। फोन गर्नुहोस् र हामीलाई भन्नुहोस् कि तपाईं कुन भाषा बोल्नुहुन्छ, र हामीले फोनमा एक दोभाषे निः शुल्क उपलब्ध गराउन सक्छौँ।

के तपाईं चाहनुहुन्छ कि हामीले तपाईंलाई फोन गरौँ? हामी नि:शुल्क पुन: फोन गर्ने सेवा प्रदान गर्दछौँ। तलको फाराममा रूचाइएको समय चयन गर्नुहोस्:

फोन: ९२०५ २२००
बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म, सोमबारदेखि शुक्रबारसम्म

इमेल: contactus@hume.vic.gov.au

कृपया ध्यान दिनुहोस्: जब तपाईं अर्को वेबपृष्ठमा क्लिक गर्नुहुन्छ यो अंग्रेजी भाषामा पूर्व-निर्धारित हुन सक्छ। पृष्ठको माथिल्लो दायाँपट्टिको ड्रप-डाउन सूचीबाट आफ्नो मनपर्ने भाषा छनौट गर्नुहोस्। यस वेबसाइटका केही पृष्ठहरूले मिसिनबाट गरिएको अनुवादको प्रयोग गर्छन्। यस वेबसाइटमा फारामहरू अंग्रेजीमा लेखिएका छन्। यदि तपाईंलाई यी पूरा गर्न मद्दत चाहिन्छ भने हामीलाई फोन गर्नुहोस्।

समस्याको प्रतिवेदन गर्ने

ग्राफिटी (भिट्टामा कोरिने चित्रहरू), छुटेको वा क्षतिग्रस्त फोहोरका डिब्बाहरू, खसेका रूखका हाँगाहरू, अवरूद्ध नालाहरू, स्थानीय सडकहरूमा खाडलहरू लगायतका ह्युमका कुनै पनि समस्याहरूबारे हामीलाई जानकारी दिनुहोस्।

समस्या वा तलको फाराम प्रतिवेदन गर्न स्न्याप सेन्ड सोल्भ (एप्पल आईफोन, एन्ड्रोइड स्मार्ट फोन वा वेब एपमा अंग्रेजी र सरलीकृत चिनियाँ भाषामा उपलब्ध) प्रयोग गर्नुहोस्। केवल हामीलाई कहाँ भन्ने कुराबारे थाहा दिनुहोस्, फोटो लिनुहोस् र हामी त्यसको समाधान गर्नेछौँ।

यदि तपाईंको समस्याले सुरक्षाको जोखिम निम्त्याउँछ, वा तपाईं प्रतिवेदन गर्न कसैसँग कुरा गर्न चाहनुहुन्छ भने, हामीलाई ९२०५ २२०० मा फोन गर्नुहोस्।

आज तपाईं कुन जानकारी खोज्दै हुनुहुन्छ?

पुन: प्रयोग गर्ने (रिसाइक्लिङ), फोहोर र फोहोर संकलन

तपाईंको फोहोरको डिब्बा कुन दिन खाली हुनेछ र कुन हप्ता तपाईंको पुन: प्रयोग गर्न मिल्ने समान फाल्ने र खाना र बगैँचाका फोहोरका डिब्बाहरू बाहिर निकाल्ने भनेर पत्ता लगाउन तपाईंको ठेगाना प्रविष्ट गरेर यहाँ खोजी गर्नुहोस्।

फोहोरका डिब्बाहरू (रातो ढक्कनवाला) हरेक हप्ता खाली गरिन्छन्।

प्रत्येक दोस्रो हप्तामा पुन: प्रयोग गर्न मिल्ने समान फाल्ने फोहोरका डिब्बाहरू (पहेंलो ढक्कनवाला) खाली गरिन्छन्।

खाना र बगैँचाका फोहोरका डिब्बाहरू (हरियो ढक्कनवाला) प्रत्येक दोस्रो हप्तामा खाली गरिन्छन्, पुन: प्रयोग गर्न मिल्ने समान फाल्ने फोहोरको डिब्बासँग आलो पालो गर्दै। सबै खानाको फोहोर तपाईंको खाना र बगैँचाको फोहोरको डिब्बामा हाल्न सकिन्छ।

यदि तपाईंसँग हाल खाना र बगैँचाको फोहोरको डिब्बा छैन भने, कृपया ध्यान दिनुहोस् कि ह्युमका प्रत्येक घरले १ जुलाई २०२४ सम्ममा एउटा प्राप्त गर्नेछन्।

यदि तपाईंलाई फरक आकारको फोहोरको डिब्बा चाहिन्छ, वा तपाईंका फोहोरका डिब्बाहरू मध्ये कुनै एउटा हराएको छ वा बिग्रिएको छ भने, अंग्रेजीमा अनलाइन फाराम भर्नुहोस् वा मद्दतको लागि हामीलाई सम्पर्क गर्नुहोस्।

हामीसँग पुरानो काष्ठ सज्जा सामान (फर्निचर), उपकरणहरू, बेटरीहरू र रूखका हाँगाहरू जस्ता गाह्रा फोहोर निपटान गर्न मद्दत गर्ने निःशुल्क सेवाहरू पनि छन्।

तपाईंले प्रत्येक वर्ष आफ्नो घरबाट दुईवटा निःशुल्क कडा फोहोर संकलनहरू बुक गर्न सक्नुहुन्छ।

तपाईं आफ्नो फोहोरलाई टिपमा लैजान प्रत्येक वर्ष दुईवटा निःशुल्क पासहरू पनि प्रयोग गर्न सक्नुहुन्छ।

हामीसँग प्रत्येक वर्ष चार ह्युम सफाई दिवस (क्लिन डे) हरू छन् जहाँ तपाईं सोफा, गद्दा, टायर र उपकरणहरू निःशुल्क टिपमा लिन सक्नुहुन्छ।

तपाईं आफ्नो बगैँचामा रूखहरूबाट ठूला हाँगाहरू लिन सक्नुहुन्छ हाम्रो निःशुल्क मल्चिंग (माटोको सतहमा सामग्रीको तह लगाउने प्रक्रिया) गर्ने दिनहरूमा।

तपाईं बेटरी र अन्य पुन: प्रयोग गर्न सकिने वस्तुहरू पनि ह्युम वरपरका स्थानहरूमा लैजान सक्नुहुन्छ जुन तपाईंले आफ्नो घरको डिब्बामा हाल्न सक्नुहुन्न।

तपाईं प्रत्येक फोहोरको डिब्बामा केहाल्न सक्नुहुन्छ र के हाल्न सक्नुहुन्न लगायतका हाम्रा सबै फोहोर सेवाहरूको विस्तृत मार्गदर्शनको लागि, हाम्रो फोहोर मार्गदर्शक (गाइड) डाउनलोड गर्नुहोस्।

फोहोर गाइड | Waste Guide(PDF, 6MB)

पुस्तकालयहरू

ह्युममा पाँच पुस्तकालयहरू छन् –ब्रोडमिडोज, क्रेगीबर्न, ग्ल्याडस्टोन पार्क, सन्बरी र टल्लामरिनमा। पुस्तकालय सदस्यता सबै समुदायका सदस्यहरूका लागि निःशुल्क छ।

सबै पुस्तकालयहरूमा वाई-फाई र सार्वजनिक कम्प्युटरहरू निः शुल्क प्रयोगका लागि छन्।

हामीसँग अंग्रेजी र तपाईंको भाषामा पुस्तकहरू, पत्रिकाहरू र अन्य स्रोतहरू छन् जुन तपाईं सापट लिन सक्नुहुन्छ।

हामी द्विभाषी कथाबाचन (स्टोरीटाइम), द्विभाषी कम्प्युटर कक्षाहरूअंग्रेजी कुराकानी समूहहरूअंग्रेजी कुराकानी समूहहरूजस्ता निःशुल्क पुस्तकालय कार्यक्रमहरू पनि चलाउँछौँ।

तपाईं कुनै पनि ह्युम पुस्तकालयहरूका शाखामा व्यक्तिगत रूपमा पुस्तकालयमा सामेल हुन सक्नुहुन्छ। तपाईंलाई आफ्नो हालको ठेगानाको साथ पहिचान चाहिन्छ।

शिक्षा

हाम्रा सामुदायिक केन्द्रहरूले अंग्रेजी भाषा कक्षाहरू, आधारभूत कम्प्युटर कक्षाहरू र सामुदायिक कार्यक्रमहरू सहित थुप्रै शिक्षा, जीवनशैली र सांस्कृतिक कार्यक्रमहरू प्रस्ताव गर्दछन्। यस्ता धेरै केन्द्रहरू तपाईंका कार्यक्रमहरू वा गतिविधिहरूका लागि भाडामा लिन उपलब्ध छन्।

सामुदायिक केन्द्रहरू ह्युमका १५ विद्यालयहरूमा अवस्थित छन्। केन्द्रहरूले परिवारहरूलाई आफ्ना बच्चाहरूको सिकाइमा सहयोग गर्छन् र आमाबाबुहरूका लागि प्रशिक्षण अवसरहरू प्रदान गर्छन्। केन्द्रहरू स्थानीय समुदायका परिवारहरूका साथै विद्यालय परिवारहरूका लागि पनि खुल्ला छन्।

स्थानिय कर (रेट्स)

अष्ट्रेलियाका सबै घरसम्पत्ति मालिकहरूले समुदायलाई सडक, पुस्तकालय, खेल मैदानहरू, बालवाडी (किन्डरगार्टन), र फोहोर र पुन: प्रयोगका सेवाहरू जस्ता सेवाहरू प्रदान गर्न आफ्नो स्थानीय काउन्सिललाई स्थानिय कर (रेट्स) तिर्छन्।

स्थानिय कर भुक्तानीहरू त्रैमासिक रूपमा तिर्नुपर्ने छन् वा तपाईंले वार्षिक रूपमा पूर्ण रकम भुक्तानी गर्न सक्नुहुन्छ । तपाईं आफ्नो स्थानिय कर अनलाइन अंग्रेजीमा भुक्तानी गर्न सक्नुहुन्छ वा ९२०५ २२०० मा फोन गर्न सक्नुहुन्छ र तपाईंको भाषामा ग्राहक सेवा अधिकारी वा दोभाषेसँग कुरा गर्न सक्नुहुन्छ । तपाईं हुलाकमार्फत भन्दा आफ्नो इमेलमा आफ्नो स्थानिय कर सूचना प्राप्त गर्न दर्ता गर्न सक्नुहुन्छ ।

यदि तपाईंलाई आफ्ना दरहरू भुक्तानी गर्न समस्या भइरहेको छ भने तपाईंले साप्ताहिक, पाक्षिक वा मासिक भुक्तानी योजनाको लागि आवेदन दिन सक्नुहुन्छ।हामीलाई सम्पर्क गर्नुहोस् वा अंग्रेजीमा अनलाइन आर्थिक कठिनाइ सहायताको लागि आवेदन दिनुहोस्।

दर पुस्तिका | Rates Brochure 2023(PDF, 1MB)

२०२३ मा फोहोर सेवाहरू प्रदान गर्ने लागतलाई सामान्य दरहरूबाट हटाइएको थियो र तपाईंको दरको सूचनामा कर्बसाइड फोहोर शुल्क र सार्वजनिक फोहोर शुल्क छुट्टै सूचीबद्ध गरिएको थियो।

हामीले थप विवरण प्रदान गर्न फोहोर सेवा शुल्क तथ्यपत्रको सिर्जना गरेका छौँ।

फोहोर सेवा शुल्क तथ्य पाना | Waste Service Charge fact sheet(PDF, 187KB)

घरपालुवा र जनावरहरू

३ महिनाभन्दा माथिका सबै कुकुर र बिरालाहरू माइक्रोचिप गरिएका, यौनिकता हटाइएका र हामीसँग दर्ता गरिएको हुनुपर्दछ पाल्तु जनावर दर्ता कानून अन्तर्गत आवश्यक छ।

तपाईंको घरपालुवा जनावरलाई पहिलो पटक दर्ता गर्न तपाईंलाई यी कुराहरू आवश्यक पर्नेछन्:

  • तपाईंको पाल्तु जनावरको यौनिकता हटाइएको प्रमाणपत्रको प्रतिलिपि
  • तपाईंको पाल्तु जनावरको माइक्रोचिप नम्बर।

प्रत्येक वर्ष १० अप्रिलसम्ममा पाल्तु जनावर दर्ताको भुक्तानी गरिनुपर्छ। नवीकरण शुल्क कहिले तिर्नुपर्छ भन्ने जानकारी तपाईंलाई दिन हामी प्रत्येक वर्ष एक पत्र पठाउनेछौँ।

आफ्नो कुकुर वा बिरालो दर्ता गर्न, कृपया हामीलाई सम्पर्क गर्नुहोस्

बालबालिकाहरू

हामी बहुसांस्कृतिक समुदायका परिवारहरूलाई निम्न कुराहरूमा सहयोग गर्न आउटरिच कार्यक्रम प्रस्ताव गर्दछौँ:

  • दर्ता गर्नुहोस् र बालवाडी कार्यक्रममा भाग लिनुहोस्।
  • मातृ र बाल स्वास्थ्य, खोप र खेल समूह (प्लेग्रुप) हरू लगायतका कुनै पनि प्रारम्भिक वर्षका सेवाहरू पहुँच गर्नुहोस्।
  • बालवाडीबाट प्राथमिक विद्यालयमा परिवर्तन।

हाम्रो कार्यक्रमबारे थप जान्न, कृपया हाम्रो CALD आउटरिच सहायता टोलीलाई सम्पर्क गर्नुहोस् (दोभाषेहरू उपलब्ध छन्):

अमाल ०४७७ १७७ ५३७ (अरबी वक्ता)

प्याट ०४७७ ३३९ ९९६

मातृ र बाल स्वास्थ्य

हामी हाम्रो समुदायलाई थुप्रै निःशुल्क मातृ र बाल स्वास्थ्य (MCH) सेवाहरू प्रदान गर्दछौँ। मातृ र बाल स्वास्थ्य नर्सहरू, सुडेनीहरू र अभिभावक शिक्षकहरूको हाम्रो समर्पित टोलीले तपाईंको बच्चाको हेरचाह र स्वास्थ्यबारे जानकारी र सल्लाह प्रदान गर्दछन्। यो सेवा जन्मदेखि विद्यालयको उमेरसम्मका बच्चाहरूका लागि हो।

खोप कार्यक्रम

यदि तपाईं वा तपाईंको परिवार देशमा नयाँ हुनुहुन्छ भने, तपाईं अष्ट्रेलियामा विद्यालय वा हेरचाहमा सामेल हुन सक्नु अघि, तपाईंले खोप लगाउन आवश्यक पर्न सक्छ। खोप आफूलाई, आफ्नो परिवारलाई र समुदायलाई हानिकारक संक्रमणहरूबाट सुरक्षित राख्ने एक तरिका हो।

हाम्रो खोप कार्यक्रम पञ्जीकृत नर्सहरूद्वारा प्रदान गरिन्छ। ह्युमभरका स्थानहरूमा नियमित रूपमा खोप सत्रहरू आयोजना गरिन्छन्। अंग्रेजीमा अनलाइन खोप सत्र बुक गर्नुहोस् वा हाम्रो खोपटोलीलाई ९३५६ ६७४५ मा फोनगर्नुहोस्। दोभाषेहरू उपलब्ध छन्।

यदि तपाईंको बच्चाले विदेशमा खोपहरू लगाएको छ भने तपाईंले अष्ट्रेलियाको आवश्यकताहरू पूरा गरेको सुनिश्चित गर्न उनीहरूको खोपको इतिहासको समीक्षाको लागि अनुरोध गर्न सक्नुहुन्छ।

२० वर्षमुनिका मानिसहरू, शरणार्थीहरू र आश्रय खोज्ने मानिसहरूका लागि निःशुल्क क्याच-अप खोपहरू उपलब्ध छन्। यदि तपाईंको बच्चाको खोपको लागि म्याद सकिएको छ वा उनीहरूलाई कुन खोप चाहिन्छ भन्नेबारे तपाईं निश्चित हुनुहुन्न भने, कृपया हामीलाई ९३५६ ६७४५ मा सम्पर्क गर्नुहोस्।

लामो दिनको हेरचाह (बाल हेरचाह)

हाम्रो लामो दिनको हेरचाह कार्यक्रम (जसलाई बाल हेरचाह पनि भनिन्छ) ले शून्यदेखि छ वर्षका उमेरका बच्चाहरूका लागि शिक्षा र हेरचाह प्रदान गर्दछ।

हामी चारवटा लामो दिनको हेरचाह सेवाहरू चलाउँछौँ:

  • क्रेगीबर्न प्रारम्भिक बाल्यकाल सेवा
  • होमस्टेड बाल र परिवार केन्द्र
  • सनिङडेल एभेन्यु बालबालिकाको केन्द्र
  • वेस्टमेर बालबालिकाको सेवा केन्द्र

यस वेबपृष्ठमा तपाईंले थप जानकारी पाउन वा आफूले रूचाएको केन्द्रमा आफ्नो बच्चा भर्ना गर्नको लागि प्रतीक्षा सूचीमा सामेल हुन सक्नुहुन्छ।

बालवाडी

बालवाडीको नेतृत्व योग्य शिक्षकहरूले गर्छन् र खेलमा आधारित कार्यक्रमहरू मार्फत सिकाइलाई सहायता गर्दछ। बच्चाहरूलाई ३ वर्षको हुँदा बालवाडी सुरू गर्न प्रोत्साहित गरिन्छ।

तपाईं यस वेबसाइटमा अंग्रेजीमा बालवाडीको लागि आफ्नो बच्चा दर्ता गर्न सक्नुहुन्छ। यदि तपाईंलाई आफ्नो बालवाडी भर्ना फाराम भर्न, आफ्ना प्राथमिकताहरू अद्यावधिक गर्न सहायता चाहिन्छ, वा बालवाडी कार्यक्रमको बारेमा थप जान्न चाहनुहुन्छ भने हाम्रा कुनै पनि ड्रप - इन सत्रहरूमा(PDF, 499KB) हामीलाई भेट्नुहोस्। दोभाषेहरू उपलब्ध छन्।

खेल समूहहरू

खेल समूह भनेको आमाबाबु वा हेरचाहकर्ताहरूको समूह हो जो आफ्ना साना बच्चाहरूसँग खेल र सामाजिक अन्तरक्रियाका लागि भेला हुन्छन्। खेल समूहहरू परिवारहरूका लागि समुदायसँग सम्बन्धित भएको भावना बढाउन, मित्रता गाँस्न र विचारहरू र जानकारी साझा गर्नको लागि एक ठाउँ हो।

हाम्रो वेबसाइटमा तपाईं र तपाईंको बच्चाको लागि उपयुक्त खेल समूह खोज्नुहोस् वा मद्दतको लागि हामीलाई सम्पर्क गर्नुहोस्

ज्येष्ठ नागरिकहरू

हामी ज्येष्ठ नागरिकहरूलाई समुदायमा सक्रिय रहन मद्दत गर्न सहायता सेवाहरू प्रदान गर्दछौँ।

हाम्रो सक्रिय बुढ्यौली कार्यक्रमले हाम्रो समुदायलाई रमाइलो र मैत्रीपूर्ण तरिकाले स्वस्थ र शारीरिक रूपमा सक्रिय रहन मद्दत गर्दछ।

हाम्रा ज्येष्ठ नागरिक केन्द्रहरू मार्फत ज्येष्ठ नागरिकहरूलाई समुदायमा संलग्न हुने धेरै अवसरहरू छन्।

हामी व्यक्तिहरू र उनीहरूका हेरचाहकर्ताहरूलाई घरमा स्वतन्त्र र सुरक्षित रहन मद्दत गर्न आधारभूत सहायता पनि प्रदान गर्दछौँ। यसमा सफा गर्ने, खाना पुर्याउने (डेलिभरी गर्ने), सम्पत्ति मर्मत गर्ने, नुहाउन र तपाईंको घरलाई सुरक्षित बनाउनको लागि रेलिङ र र्‍याम्पहरू स्थापना गर्न मद्दत गर्ने लगायत समावेश छन्।

हेरचाहकर्ताहरूलाई दैनिक गतिविधिहरू गर्न, आफ्नो हेरचाह गर्न र आफ्नै आवश्यकताहरू पूरा गर्न समय प्रदान गर्न मद्दतका लागि राहत हेरचाह पनि उपलब्ध छ।

यी सेवाहरू पहुँच गर्न तपाईं राष्ट्रमंडल गृह सहायता कार्यक्रमको लागि योग्य स्वीकृत हुन र तपाईंको मूल्याङ्कन गरिन आवश्यक छ।

थप जानकारीको लागि, कृपया हामीलाई सम्पर्क गर्नुहोस्

अशक्तता सहायता

हामी अशक्तता भएका बासिन्दाहरू र उनीहरूका हेरचाहकर्ताहरूका लागि पहुँच सेवाहरू प्रदान गर्दछौँ। यसमा मानिसहरूलाई घरमा स्वतन्त्र र सुरक्षित रहन मद्दत गर्ने सहयोग समावेश छ, जस्तै सफा गर्ने, खाना पुर्याउने (डेलिभरी गर्ने), सम्पत्ति मर्मत गर्ने, नुहाउन र तपाईंको घरलाई सुरक्षित बनाउनको लागि रेलिङ र र्‍याम्प स्थापना गर्न मद्दत गर्ने।

हेरचाहकर्ताहरूलाई दैनिक गतिविधिहरू गर्न, आफ्नो हेरचाह गर्न र आफ्नै आवश्यकताहरू पूरा गर्न समय प्रदान गर्न मद्दतका लागि राहत हेरचाह पनि उपलब्ध छ।

सेवा प्रदान गर्नु अघि मूल्याङ्कन पूरा गरिन्छ। तपाईंलाई के मद्दत उपलब्ध हुन सक्छ भनेर छलफल गर्न हामीलाई 9205 2883 मा सम्पर्क गर्नुहोस्।

पार्किङ (गाडी बिसाउने) अनुमतिहरू

यदि तपाईंलाई सार्थक अशक्तता वा चोटपटक लागेको छ भने, तपाईं पहुँचयोग्य पार्किङ अनुमतिको लागि योग्य हुन सक्नुहुन्छ। त्यहाँ विभिन्न प्रकारका अनुमतिहरू छन् जसले तपाईंलाई पहुँचयोग्य पार्किङ स्थलहरूमा पार्क गर्न र/वा सामान्य समयभन्दा दोब्बरको लागि नियमित स्थलहरूमा पार्क गर्न अनुमति दिन्छ। पहुँचयोग्य पार्किङ अनुमतिहरू चालक, यात्रु वा दुवैका लागि छुट्याउन सकिन्छ।

तपाईं पहुँचयोग्य पार्किङ वेबसाइटमा अंग्रेजीमा आवेदन दिन सक्नुहुन्छ वा मद्दतको लागि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ।

मनोरञ्जन

हामी ब्रोडमिडोज, क्रेगीबर्न र सन्बरीमा तीन मनोरञ्जन केन्द्रहरू चलाउँछौँ। पौडी खेल्ने ठाउँ (स्विमिंग पूल) हरू, सामूहिक तन्दुरूस्ती कक्षाहरू र व्यायामशाला (जिम) हरू पहुँच गर्न फुर्सद केन्द्रमा सामेल हुनुहोस्।

तपाईं हाम्रो कुनै पनि निःशुल्क बाहिरी सुविधाहरूमा बास्केटबल, नेटबल, फुटबल वा टेनिस खेल्न सक्नुहुन्छ।

हामी स्थानीय खेलकुद क्लबहरूको प्रयोगको लागि ह्युम भरि नै धेरै खेलकुदका संरक्षणहरू र सुविधाहरू पनि प्रदान गर्दछौँ। नयाँ सदस्यहरूलाई स्वागत छ।

योजना र निर्माण अनुमतिहरू

यदि तपाईं आफ्नो सम्पत्तिको उप-विभाजन गर्न चाहनुहुन्छ भने, भवन निर्माण, विस्तार वा भत्काउन तपाईंलाई योजना वा निर्माण अनुमति आवश्यक पर्न सक्छ।

थप जानकारीको लागि, वा आवेदन दिन मद्दतको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस्

सुरक्षा

भिक्टोरियाको आपतकालीन व्यवस्थापन प्रबन्धहरूमा काउन्सिलले महत्त्वपूर्ण भूमिका खेल्छ। हामी प्राकृतिक आपतकालका जोखिमहरूको पहिचान गर्छौंर घटाउँछौँ र डढेलो, गर्मीका लहर, महामारी र बाढीहरू जस्ता चीजहरूको लागि तयारी गर्न हाम्रो समुदायसँग काम गर्छौं।

तपाईंले आफू, आफ्नो परिवार र आफ्ना घरपालुवा जनावरहरूका लागि आपतकालिन अवस्थाहरूको योजना बनाउनु महत्त्वपूर्ण छ। रेड क्रसले सामुदायिक भाषाहरूमा उपयोगी स्रोतहरू विकास गरेको छ जसले तपाईंले आपतकालिन अवस्थामा के गर्न आवश्यक पर्न सक्छ भन्ने कुरा समेट्छ।

गर्मी मौसममा कन्ट्री फायर अथोरिटी (CFA) ले ‘आगलागीको खतराको अवधि‘ (Fire Danger Period) घोषणा गर्नेछ। यसको मतलब बाँकी वर्षको तुलनामा यस समयमा घाँस वा झाडीमा आगलागी हुने सम्भावना बढी हुन्छ। आगलागीको खतराको अवधिमा केही दिनलाई ‘पूर्ण रूपमा आगो निषेधित दिन‘ (Total Fire Ban Days) भनेर घोषणा गर्न सकिन्छ। पूर्ण रूपमा आगो निषेधित दिनमा, बार्बेक्यु वा फायर पिटजस्ता सबै आगोको प्रयोग गरेर बाहिरी खाना पकाउन प्रतिबन्ध लगाइएको छ। यो समुदायमा सुरू हुने आगलागी रोक्न मद्दत गर्नको लागि हो।

यदि तपाईं घाँसको मैदान, उद्यानहरू, साना खेतहरू वा झाडीको छेउमा बस्नुहुन्छ वा काम गर्नुहुन्छ र घाँसमा आगलागी सुरू भयो भने, आगोबाट कम्तीमा दुई गल्लीहरू जति छोडेर टाढा हिँड्नुहोस्। यदि तपाईं घाँसको मैदानबाट दुई वा तीनवटा गल्लीहरू छोडेर बस्नुहुन्छ र घाँसमा आगलागी सुरू भयो भने, तपाईं जहाँ हुनुहुन्छ त्यही बस्नुहोस्। घाँसे आगजनीहरू निर्मित क्षेत्रहरूमा फैलिने सम्भावना हुँदैन।

यदि तपाईंले धुवाँ वा आगो देख्दा सवारी नचलाउनुहोस्। बाक्लो धुवाँले गर्दा देख्न गाह्रो बनाउन सक्छ र ट्राफिक जाम र दुर्घटनाहरू हुने सम्भावना हुन्छ।

बाढीको पानीमा कहिल्यै नहिँड्नुहोस्, नखेल्नुहोस्, वा सवारी नचलाउनुहोस्।

कामहरू र रोजगारी

हामी स्थानीय मानिसहरूका लागि नि:शुल्क स्थानीय रोजगार कार्यक्रम चलाउँछौँ जसले रोजगारदाताहरूलाई स्थानीय रोजगारका उम्मेदवारहरूसँग जोड्दछ। JobLink पोर्टलमा पहुँच गर्न सहयोगको लागि, हाम्रो JobLink सहायता अधिकारीलाई 9205 2363 मा सम्पर्क गर्नुहोस्। दोभाषेहरू उपलब्ध छन्।

काउन्सिलमा हाम्रो टोलीमा सामेल हुनको लागि हामी नियमित रूपमा धेरै व्यक्तिहरूको खोजी गर्छौं, जुन उत्साहजनक परियोजनाहरूमा काम गर्नका लागि हुन्छ जसले समुदायमा वास्तविक फरक पार्छ र ह्युमको भविष्यलाई आकार दिन्छ। हामी विभिन्न सीप, अनुभव र पृष्ठभूमिहरू भएका मानिसहरूको खोजीमा छौँ।

मेरो क्षेत्रमा के छ?

तपाईंको क्षेत्रमा र वरपर के भइरहेको छ भनेर पत्ता लगाउन नक्सामा क्लिक गर्नुहोस् वा ठेगाना प्रविष्ट गर्नुहोस्। तपाईंले उद्यान र सुविधाहरू देखि लिएर, कार्यक्रम र परियोजनाहरूका साथै तपाईंको स्थानीय काउन्सिलरहरू को हुन् र फोहोरको डिब्बा सङ्कलन गर्ने दिनहरू जस्ता सबै कुरा फेला पार्न सक्नुहुन्छ। यो जानकारी अंग्रेजीमा छ।

सडक र पूर्वाधार परियोजनाहरू

हामी नयाँ सामुदायिक सुविधाहरू, पूर्वप्राथमिक विद्यालय (प्रिस्कूल) हरू र छिमेकका घरहरू निर्माण गर्दैछौँ। हामी सडकहरू, फुटपाथहरू, हिँड्ने र साइकल चलाउने बाटोहरू र पुलहरू पुन:र्निर्माण गर्दैछौँ। र हामी खेलकुदका संरक्षणहरू, उद्यानहरू र खेल मैदानहरू उन्नयन गर्दैछौँ। तपाईंको क्षेत्रमा के भइरहेको छ भनेर पत्ता लगाउन नक्सामा आफ्नो ठेगाना प्रविष्ट गर्नुहोस्।

This element requires javascript to be enabled.

Please wait while we load your map...